एमाले कार्यदल बैठक : आज सहमति भएन, भोलि फेरि बस्ने

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा पनि कुनै सहमति हुन नसकेको बताइएको छ ।

बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए । बैठक बुधबार बिहान साढे ८ पुन: बस्ने गरी टुंगिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

सोमबार सिंहदरबारमा नै बसेको बैठकमा पछिल्लो घटनाक्रमको सामान्य समीक्षा भए पनि नियमित एजेण्डामा प्रवेश गरेको थिएन । नमिलेका सबै विषय कार्यदलले टुंग्याए त्यसमा आफ्नो सहमति हुने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार