कोरोना अपडेट: थप २ हजार ६३४ जनामा संक्रमण, १ हजार ५६५ जना निको

नेपालमा मंगलबार थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय ३ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय १८ र ५ हजार ८२ एन्टीजेन परिक्षणका क्रममा ९१६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार २ सय ६३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ५६५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख १२ हजार ९ सय ९४ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३३ लाख ८३ हजार ५४४ वटा पिसिआर र २ लाख १३ हजार ३५८ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार