आरबीबी म्युचुअल फण्ड असार २३ गतेदेखि खुल्ला हुने

१ करोड इकाइसम्म आवेदन दिन पाइने

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले १ अर्ब रुपैंया बराबरको १० करोड इकाई आरबीबी म्युचुअल फण्ड–१ बुधबारदेखि बिक्री खुल्ला गर्न लागेको छ । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक तथा योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यो एक बन्दमूखि योजना हो । योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रति ईकाई मुल्य १० रुपैंया रहेको म्युचल फण्डमा अधिकतम १ करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।

इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्चप्रतिफल दिने बैंकले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ ।  छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार