सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

चितवनको राप्ती नगरपालिकाको जंगलमा भेटिएको सुजिता भण्डारीको शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा गलेको अवस्थामा भेटिएको थियो ।

असार ११ गतेदेखि हराएकी सुजिताको शव आइतबार जंगलमा च्याउ खोज्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आफू अपहरणमा परेको कुरा मोबाइलमार्फत् परिवारलाई जानकारी गराएपछि उनको परिवारले प्रहरीलाई सोही दिन खबर गरेको बताएको छ ।

सोमबार शव भरतपुर लैजान खोज्दा पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा रोकेर स्थानीयवासीले प्रदर्शन गरेका थिए ।

प्रहरीले सुजिता हराएको समयमै जानकारी पाउँदा पनि अनुसन्धानमा ढिलाइ गरेको र दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आक्रोशित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार