नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।
मधेसका लोकप्रिय नेता यादव तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनी भारतको विभिन्न अस्पताल र चितवनको क्यान्सर अस्पतालमा समेत उपचार गराएका थिए । तर निको हुने अवस्था नरहेपछि चिकित्सकले घर पठाइदिएका थिए ।
यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । उनी महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बनेका थिए ।