सरकारले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई बिहीबार बिहान अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । हरेक वर्ष कर दिवसमा विभिन्न विधामा सबैभन्दा धेरै कर तिर्नेलाई आन्तरिक राजस्व विभागले सम्मान गर्दै आइरहेको छ ।
यी हुन् सम्मान गरिएका करदाता कम्पनीहरू :
सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)
निर्यात कारोबार : डाबर नेपाल प्रालि
विषेश उद्योग : एसियन पेन्ट्स
कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली
सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त
बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई
बीमा : लाइफ इन्स्योरेन्स कर्पोरेसन
स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
पर्यटन : मनोकामना दर्शन प्रालि
वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : आईएमई लिमिटेड
व्यक्ति आय : विजयकुमार शाह
आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि (यो दुई विधामा सम्मानित भयो)