शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि करिब १० वर्षीय बालकको मृत्यु भएको छ ।
धनुषाको धारापानीबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको ना ६ ख ८४२४ नम्बरको बस आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दीलिप घिमिरेका अनुसार दुर्घटनामा परी १७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्न बाँकी छ ।
बेलुका साढे ५ बजे भएको दुर्घटनामा बस सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।