कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि राजीनामा दिएका थिए । अर्यालको राजीनामा पछि शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गर्दै सीईओको जिम्मेवारी शुक्रबारबाटै लागु हुनेगरी खनाललाई दिएको हो ।

कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा नियुक्त भएका हुन् ।

खनाल साविकको कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि सीईओ रहेका अर्याल एनसीसी बैंकमा सीईओ थिए ।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसकेका छन् भने सिद्धार्थ बैंकमा पनि काम गरेको उनीसँग अनुभव छ ।

खनाललाई आगामी ४ वर्षका लागि सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार