सोमबार थपिए २ हजार ६२२ जना कोरोना संक्रमित, २३ जनाको मृत्यु

नेपालमा सोमबार थप २ हजार ६ सय २२ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ४ सय ९९ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परिक्षणका क्रममा ८७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ३६१ पुगेको छ ।

त्यस्तै थप २३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय ४८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार २११ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ११ हजार ४ सय २९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३३ लाख ७६ हजार ४१ वटा पिसिआर र २ लाख ८ हजार २७६ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार