एनसेलका सात जना भाग्यशाली ग्राहकले पाए स्कुटर बम्पर पुरस्कार

एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत बम्पर पुरस्कारस्वरूप सातजना विजयी ग्राहकले एउटा–एउटा स्कुटर जितेका छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार योजनाको अन्तिम स्कुटर वितरण गर्दै सबै सातजना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेरको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बुधबार नयाँ बानेश्वर एनसेल सेन्टरबाट एउटा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए । बिहीबार कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिइन् ।

अभिनेत्री केकी अधिकारी र प्रियंका कार्कीले मंगलबार र बुधबार विराटनगर, जनकपुर, धनगढी र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेतालाई स्कुटर हस्तान्तरण गरेका थिए ।

यसबाहेक विराटनगर, जनकपुर, भैरहवा र हेटौँडाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा एनसेलका प्रतिनिधिहरू लेना केशरी कंसाकार (एक्टिङ सीटीओ), विशाल नेगी (प्रोडक्टस डाइरेक्टर), विशाखा लक्ष्मी खड्का (कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर म्यानेजर), अनुषा प्रधानाङ (ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर) र राजेश मानन्धर (कोर प्रोडक्टस एन्ड डिभाइस म्यानेजर)को सहभागिता रहेको थियो ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरू प्राप्त गरेको थियो ।

“हाम्रो यस योजनामा ग्राहकहरूको सक्रिय सहभागिताबाट हामी एकदमै हौसिएका छौँ । यसले ग्राहकहरूले हाम्रा सेवाहरूलाई कसरी लिएका छन् भनेर स्पष्ट झल्काउँछ । हामी हाम्रा ग्राहकहरूलाई सधैँ प्राथमिकता राख्छौँ र उनीहरूको भावना बुझेर आवश्यक सुधार गर्दछौँ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसीनले भने ।

यो योजना भदौ ३१ बाट सुरु भई २८ दिनसम्म चलेको थियो । साप्ताहिक बोनस ब्यालेन्स विजेता र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरूको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए ।

यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरूलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजना अन्तर्गत दैनिकरूपमा ग्राहकलाई प्रदान गरिएको स्योर प्राइजहरूमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरू रहेका थिए ।

बम्पर पुरस्कार हस्तान्तरणकै अवसर पारी एनसेलले मंगलबार र बुधबार दिउँसो विराटनगर, धनगढी, जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो । यस कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले धरान र जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले धागढी र भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरूसँग अन्तरक्रिया गर्नुका साथै ती सेन्टरहरूबाट सोही दिन रु। १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूलाई एनसेलका विभिन्न उपहारहरू प्रदान गरेका थिए ।

बम्पर पुरस्कार विजेता ग्राहकका नाराहरू:
– हरेक ग्राहकको आवश्यकतासँग खान्छ मेल, अरू कुनै होइन, एक मात्र एनसेल
– एनसेलसँग खुसी साटौँ, एक आपस मिलेर बाँचौँ
– चाहे दिन होस् या रात एनसेल छ साथ आफन्तसँग गरम निर्धक्क बात
– डायल, स्माइल एन्ड रिपिट विथ एनसेल
– सम्बन्ध जोड्दै अघि बढ्दै
– जति भएनि नयाँ पुराना थरी–थरी
– एनसेल नै छ, नेपालीको मनभरी
– तिम्रो साथले दिलाउँछ, आफ्नो पनको आभाष…

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार