सेनाद्वारा नेपाल प्रहरीलाई ३०० थान हतियार हस्तान्तरण

नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गरेका हुन् ।

सेनापति थापाले ३०० नाल राइफल, एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका हुन् । प्रहरीले तालीम, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि ती हतियार माग गरेको थियो ।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलब्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिसक्ने जानकारी दिइएको छ । उपलब्ध गराइएका हतियार सञ्चालन र मर्मत(सम्भार तालिम पनि नेपाली सेनाले नै दिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार