ओली र रावलबीच बालुवाटारमा भेटवार्ता

नेकपा एमालेका उपाध्यक्ष भीम रावल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भएको छ । उनीहरुबिच आइतबार राति बालुवाटारमा भेटवार्ता भएको हो । नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन दिएको समयसीमा आज साँझ सकिँदै छ ।

एमालेका ओली निकटका दोस्रो तहका नेताहरुले आइतबार बिहान वरिष्ठ नेता माधव कुमार नेपाललाई कोटेश्वरमा पुगेर भेटेका थिए । उनीहरुले एक पटक ओलीसँग भेटवार्ता गर्नका लागि आग्रह गरेपनि त्यसप्रति नेता नेपालले चासो देखाएका थिएनन् ।

एमालेका नेपाल समूहका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा प्रतिनिधिसभा विघटन बदरको माग राखी सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । ओली समूहले उक्त हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा लाग्नुपर्ने भन्दै आएपनि नेपालले कुनै हालतमा हस्ताक्षर फिर्ता हुन नसक्ने स्पष्ट पार्दै आएका छन् । सर्वोच्चको फैसलाको दिन नजिकिँदै गर्दा ओलीले हस्ताक्षर फिर्ताको एजेण्डालाई जोडतोडले उठाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार