संसद विघटन विरुद्धको मुद्धामा आज पनि जवाफी बहस हुने

रिट निवेदकलाई २ घण्टाको समय बाँकी

संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहनेछ । यसअघि निर्धारण गरिएको समय अनुसार अब जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ ।

आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतका सहयोगि अर्थात एमिकस क्युरीको राय लिने काम हुनेछ ।

हिजो जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्ने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएपछि राष्ट्रपतिलाई अघि सारेर प्रतिनिधिसभा विघटन गराएको आरोप लगाए ।

श्रेष्ठले अघिल्लो विघटनमा अदालतले प्रधानमन्त्रीको संवैधानिक अधिकारबारे व्याख्या गरेको भन्दै सो व्याख्या अनुरुप विघटन गर्न नमिल्ने भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अघि सारेको तर्क गरे ।

जवाफी बहस सुरु गर्नु अघि ईजलासले विभिन्न ७ वटा प्रश्नको जवाफ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई भनेको छ ।

न्यायाधिश ईश्वर खतिवडाले सरकार पक्षका कानुन व्यावसायीहरुले अघि सारेका प्रश्नहरुकै सन्दर्भमा जवाफ दिन वकिलहरुलाई सचेत गराएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार