परीक्षा सञ्चालन गर्न दिने उपत्यका प्रशासनको निर्णय

काठमाडौँ उपत्यका प्रशासनले परीक्षा सञ्चालन गर्न दिने भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।

तर स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् । कोभिड–१९ भाइरसका कारण कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु रोकिएका थिए ।

प्रशासनले उपत्यकाको यातायातमा लगाएको जोर–विजोर प्रणाली पनि हटाएको छ । साथै काठमाडौ उपत्यका छिर्नलाई स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिने छ ।

लामो दुरीका सवारी साधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाएको र जारी निषेधाज्ञा आगामी असार ३१ गतेसम्म थप्ने निर्णय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार