काठमाडौँ उपत्यकामा जोरविजोर प्रणाली हट्यो, सबै सार्वजनिक यातायात खुल्ला

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको हो ।

आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । अब २२ गतेदेखि सबैखाले सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छ ।

यस्तै निषेधाज्ञा थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार