आइतबार थप १ हजार ६०३ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

थप २ हजार ५५२ जना कोरोनामुक्त

नेपालमा आइतबार थप १ हजार ६ सय ३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८७६ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ४२ र ३ हजार २५६ एन्टीजेन परिक्षणका क्रममा ५६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ ।

त्यस्तै थप २७ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रवक्ता डा.पौडेलका अनुसार हालसम्म नेपालमा ९ हजार २ सय २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार ५५२ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९ हजार २ सय १८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार