शिक्षामन्त्री श्रेष्ठमाथि कारबाहीको माग गर्दै रुपा सुनारले दिइन् सर्वोच्चमा रिट

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरको आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध गरेको भन्दै उनले कारबाहीको माग गरेकी हुन् ।

थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर आफ्नो झन्डावाला गाडीमा हालेर घरसम्म पुर्‍याएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार