बलिउड अभिनेता आमिर खानको पत्नी किरणसँग सम्बन्ध विच्छेद

बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले आफ्नो १५ वर्षे बैवाहिक सम्बन्धको अन्त्य गरेका छन् । आमिर खान र किरण रावले आफ्नो सम्बन्ध विच्छेदको खबर साझा गर्दै एक जोइन्ट स्टेटमेन्ट जारी गरेका हुन् ।

फिल्म आलोचक तरण आदर्शले आमिर र किरणको साझा बयान सोशल मिडियामामार्फत सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ, ‘यस १५ वर्षको एकजुटतामा, हामीले जीवनका अनुभवहरू साझा गरेका छौं, खुशी छौं, हाँसेका छौं र हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा अघि बढेको थियो । अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न लागेका छौँ । अब हामी पति र पत्नीको रूपमा होइन तर सह(अभिभावक र एक अर्काको परिवारको रूपमा बाँच्नेछौं। हामीले केहि समय पहिले नै अलग हुने निर्णय गरेका थियौं र अब हामी अलग भएका छौ’ ।

किरण राव बलिउड स्टार आमिरकी दोस्रो पत्नी हुन् । ५६ वर्षीय आमिर खानले २००५ मा किरण रावसँग विवाह गरेका थिए । आमिरले यसभन्दा पहिले सन् १९८६ मा रीना दत्तासँग विवाह गरेका थिए । आमिर र रीनाका दुई छोरा, जुनैद र आइरा खान छन् । २००२ मा आमिर र रीनाको सम्बन्धविच्छेद भएको थियो ।

आमिर खान अब उनको आगामी फिल्म ुलाल सिंह चड्ढाु मा देखा पर्नेछन् जुन यस वर्ष क्रिसमसमा रिलीज हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार