आइतबार बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार धामीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
लगनबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नं को जीप आज बिहान करिब ९ः४० बजेतरि दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । दुर्घटनापछि चालक र गाडी मालिक भने फरार भएका छन् ।