बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते

चार जनाको अवस्था गम्भिर

बैतडीको सिगास गाउँपालिका ३ लगनमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गााउँपालिका ३ का ६४ वर्षीय राम सिह धामी र ४५ वर्षीय मान सिँह सावद रहेका छन् ।

लगनबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नं को जीप आज बिहान करिब ९ः४० बजेतरि दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भिर र ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

सिगास गाउँपालिका ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिह धामी र ४० वर्षीय गौमती सावदको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको खड्काले बताए ।

यस्तै समान्य घाइते हुनेमा सिगास ३ कै २९ वर्षीय करन सिह धामी, सोहि ठाँउका ४५ वर्षीय दलबिर सावद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बाशुमती धामी, १९ वर्षीय खगेन्द्र सावद, ४४ वर्षीय हरीभाम सावद रहेका छन् । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार