रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको मृत्यु

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित ७० वर्षीय बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु हो ।

बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने क्रममा शनिबार राति उनको निधन भएको हो ।

बर्मा २०३५ सालदेखि गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । रामनगर गाउँपालिकाको खैर्वा निवासी रहेका अध्यक्ष बर्मा ५ पटकसम्म गाविस अध्यक्ष रहिसकेका छन् भने उनी नेपाली काँग्रेसको महासमिति सदस्य थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार