काठमाडौंको गोकर्णेश्वरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका-६ मा स्मृति लामिछानेले सञ्चालन गरेको शिव सिद्धी इन्टरप्राइजेजमा कार्यरत एक युवकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर सिन्धुली घर भएका १९ वर्षीय अर्जुन तामाङको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।