शान्तिनगरको हरिसिद्धी आयल स्टोर सिल

काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।

केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।

अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायका अनुसार सो पम्प सिल गरिएको हो ।

र्‍यापिड रेस्पोन्स टिमले विभिन्न पेट्रेल पम्पमा अनुगमन गरिरहेको छ । मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेका पम्पमा सो टोलीले सिल गरेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार