टेलिकम कम्पनी नोकियाले सन् २०२६ सम्ममा ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने भएको छ ।
बीबीसीका अनुसार आफ्नो खर्च घटाउन भन्दै नोकियाले भारी मात्रामा रोजगारी कटौती गर्न लागेको हो ।
उत्तर अमेरिकी बजारमा फाइभजी उपकरणको माग घटेको उल्लेख गर्दै कम्पनीले जुलाई र सेप्टेम्बरको बीचमा व्यापारमा २० प्रतिशत गिरावट आएको जनाएको छ ।
नोकियाका हाल विश्वभर ८६ हजार कर्मचारी छन् । नोकियाले सन् २०१५ यता हजारौँ मानिसलाई रोजगारीबाट निकालेको छ ।
नोकिया कुनै समय संसारको सबैभन्दा ठूलो ह्यान्डसेट कम्पनी थियो । तर ऊ स्मार्टफोनको दुनियामा पछि पर्यो ।
त्यसपछि नोकिया फाईभजी उपकरणको व्यवसायमा लाग्यो ।