चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ अस्पतालमा भर्ना

 उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालमा भर्ना भएका छन् । चीन भ्रमणमा रहेका उनी छाती दुखेपछि बेइजिङ अस्पतालमा भर्ना भएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ ।

गएको सोमबार गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका हुन् ।

उनी बुधबार बीआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उनले ‘प्रकृतिसँग सद्भावका लागि हरित सिल्क रोड’ भन्ने नाराका साथ आयोजित साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार