जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँको अवधिमा बीपी र अरनिको राजमार्गमा दिनको समयमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा असोज १ गतेदखि दसैँ अवधिभर मुख्य राजमार्गमा दिनको समयमा टिपर चलाउन रोक लगाउने सहमति भएको हो ।
दसैँ अवधिभर बिहान ५ बजेदेखि राति ९ बजेसम्म टिपर सञ्चालनमा गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ ।
दसैँको समयमा सडकमा सवारीको बाक्लो आवतजावत हुने भएकाले यात्रुको सहजताको लागि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।