आक्रमणको धम्कीपछि खाली गरिए फ्रान्सका ६ विमानस्थल

आक्रमणको ‘धम्की’सहितको इमेल प्राप्त भएपछि फ्रान्सका ६ वटा विमानस्थल बुधबार खाली गरिएका छन् । उत्तरी फ्रान्सको लिले एयरपोर्टले बमको खतराको कारणले सुरक्षाको कदम चाल्दै विमानस्थल खाली गरिएको बताएको छ ।

दक्षिणी सहर टुलुसको एयरपोर्टले पनि बमको धम्कीका कारण खाली गरिएको र केही समय उडान रोकिएको बताएको छ । सुरक्षाकै कारण पेरिसबाहिर नान्टेस र ब्यूवेस सहरका विमानस्थल पनि खाली गरिएको बताइएको छ ।

यस्तै, पूर्वी फ्रान्सको लियोन ब्रोन एयरपोर्ट र दक्षिणी सहर नाइसको एयरपोर्ट पनि खाली गराइएको र पछि फेरि सञ्चालनमा आइसकेको बताइएको छ ।

यसैबीच पेरिस नजिकैको भर्साइलको दरबारबाट समेत त्यहाँ आएका अवलोकनकर्ताहरुलाई खाली गरिएको बताइएको छ । यो दरबारमा एक हप्ताभन्दा कम समयमा तेस्रोपटक खाली गरिएको हो ।

सम्बन्धित समाचार