ब्रोकर कमिसन १० प्रतिशत घटाउने प्रस्ताव

नेपाल धितोपत्र बोर्डले हाल ब्रोकरले लिँदै आएको कमिसन घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । हाल लगानीकर्ताबाट ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशत घटाउने प्रस्ताव गरेको हो ।

लगानीकर्ताबाट ब्रोकरले लिने कमिसन १० प्रतिशत र धितोपत्र बोर्डले लिने कमिसन सात प्रतिशत घटाउन प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए ।

बोर्डले यसअघि संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमसिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार