विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने- सबै दल एक भएर अघि बढौँ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मत मागेका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दल एक भएर अघि बढ्न प्रस्ताव गरेका छन् । उनले भने– ‘एकजुट भएर लागौँ, सबै एकजुट बनौँ,’ उनले भने, ‘अन्तिम विकल्प धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएको छ, यसमा सहयोग गर्ने सबैलाई धन्यवाद । प्रदेश प्रमुखप्रति आभार ।’

उनले राजनीतिक परिस्थितिले प्रदेशको समग्र विकास गर्नुपर्ने बताए । ‘प्रदेशको पूर्ण रुपमा कार्यान्वयन गर्न सबै मिलेर,संघीयताको प्रत्याभूति गर्नुपर्नेछ। जातीय, क्षेत्रीय सन्तुलन बनाउनुपर्नेछ, प्रहरी ऐन कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।

कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थन थियो ।

सम्बन्धित समाचार