सुन तोलामा १ हजार ३०० रुपैयाँले महंगियो

कात्तिक महिनाको पहिलो दिन सुन र चाँदीको मूल्य ह्वातै बढेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । तेजावी सुन तोलामा १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार