गाजाको अस्पतालमा रकेट आक्रमणबाट अधिकांश बालबालिकासहित ५ सयभन्दा बढीको हत्या

गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ ।

मंगलबार राति गरिएको आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र अस्पताल वरपर शरण लिइरहेका मानिसले ज्यान गुमाएका प्यालेस्टाइनी अधिकारीहरुले जनाएका छन् ।

अहिले गाजाको अवस्था दर्दनाक रहेको छ । पीडितहरु मानवीय सहायतको पर्खाइमा रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, “सयौं प्यालेस्टाइनीको मृत्युबाट म स्तब्ध छु । अस्पताल, क्लिनिक, चिकित्साकर्मी र संयुक्त राष्ट्रसंघको परिसरलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सुरक्षित गरिएको छ ।”

इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएका बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार