पूर्वी चीन सागरमा चीन र जापानबीच बढ्यो तनाव

पूर्वी चीन सागरमा अवस्थित टापुनजिकै चीन र जापानबीच द्वन्द्वजस्तै अवस्था सिर्जना भएको देखिन्छ ।

यी टापुहरूमा जापानको नियन्त्रण छ । तर दुवै देशले यी टापुहरूको स्वामित्व दाबी गर्छन् । चीनले यी टापुहरूको सामुद्रिक सीमामा रहेका धेरै जापानी जहाजलाई निष्कासन गरेको बताएको छ ।

यस्तै जापानी तटरक्षकले दुई चिनियाँ जहाजलाई जापानी माछा मार्ने डुङ्गाबाट टाढा जान भनेको छ ।

यसैबीच जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि युद्धमा मारिएका जापानी सैनिकको सम्झनामा निर्माण गरिएको विवादास्पद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यी सैनिकमा युद्ध अपराधको कसुर लागेका केही सैनिक पनि छन् । चीनले यस विषयमा कडा विरोध गरेको जनाएको छ ।

यसैबीच दक्षिण कोरियाले यसबाट निकै निराश भएको र जापानी नेताहरूले आफ्नो इतिहासका लागि पश्चाताप गर्नुपर्ने बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार