एमालेको महाधिवेशन आगामी वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव

नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औँ महाधिवेशन गर्ने प्रस्ताव पेश गरेको छ ।

महासचिव ईश्वर पोखरेलले शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा वैशाख ३० गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका हुन् ।

मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरिएपनि कोरोना संक्रमण लगायतका कारण महाधिवेशनको समय सार्न प्रस्ताव गरिएको बताइएको छ ।

बैठकमा संगठनिक प्रस्तावअनुसार पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव पेश भएको छ ।

प्रस्तावमा भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार