नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दुई दशकपछि परिणाम देखिने केही आयोजनाको सुरुवात भएको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले एनआरएनएले नेपालमा अझै ठूलो परियोजना सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।
एनआरएनए स्थापनादेखि नै नेपाल तथा विदेशमा जोडिँदै आएको भन्दै उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताए । नेपालको निजी क्षेत्रले छोटो समयमा लगानीबाट फाइदा लिएकाले एनआरएनएले पनि लिन सक्ने बताए ।
सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण थालेकोमा धन्यवाद व्यक्त गर्दै उनले लगानीको लागि कुनै अप्ठेरो सिर्जना भए सहजिकरण गर्ने बताए ।
‘नेपालमा लगानीको प्रचुर संभावना रहेको छ,’ ढकालले भने, ‘जुनसुकै क्षेत्रमा लगानी गर्नको लागि निजी क्षेत्र सहकार्य गर्न तयार छ ।’