विश्वकप छनोट : आज दोस्रो लेगमा भिड्दै नेपाल र लाओस

फिफा विश्वकप २०२६ अन्तर्गत आज (मंगलबार) नेपाल र लाओस एसिया क्षेत्र छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा भिड्दै छन् ।

खेल साँझ पौने ६ बजेपछि नेसनल स्टेडियममा सुरु हुनेछ । यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेगमा १र१ को बराबरी गरेका दुवै टोली जित निकाल्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्न चाहन्छन् ।

घरेलु मैदानमा हुने खेलमा लाओसले अवे गोलको फाइदा लिन पाउने छैन । निर्धारित समयमा खेल बराबरी भए खेलमा ३० मिनेट थप गरिनेछ । थपिएको ३० मिनेटमा पनि बराबरी भए खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइनेछ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरु जित्न मैदान उत्रने बताएका छन् ।

मुख्य प्रशिक्षक एनेसले भने, ‘यो खेल नेपाल र मेरो लागि पनि निकै महत्त्वपूर्ण छ । यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ । हामी लाओससँगको भिडन्तका लागि तयार छौं । हामी आक्रामक फुटबल खेल्नेछौं। हामीले आफैँमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’

टोलीका कप्तान किरण कुमार लिम्बुले भने, ‘यो खेल हाम्रो लागि निकै महत्वपुर्ण छ, पहिलो खेल निकै निरासाजनक रहेको थियो । हामी राम्रो खेल प्रस्तुत गर्न चाहान्छौँ ।’

उता लाओसका प्रशिक्षक कालाया सिसोम्वाङले आफुहरुले अघिल्लो खेलबाट सिकेका धेरै कुरालाई विश्लेषण र अध्ययन गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार