छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ

प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको सम्वेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आफ्नो १५ वर्षीया छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै यसअघि पनि त्यस्तै गतिविधि गर्ने गरेका थिए । छोरीको उजुरीपछि ३१ वर्षका बाबुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरी वृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरी हिजो शुक्रबार जिल्ला अदालत भक्तपुरबाट म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार