केपी ओली र माधव नेपालबीच टेलिफोन संवाद

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको बताइए पनि के–के कुरा भए भन्ने विषय सार्वजनिक गरिएको छैन ।

यसअघि ओलीले माधव नेपालसँग नभेटेपनि टेलिफोन सम्वाद गर्न खोज्दा सम्पर्कमै नआएको बताएका थिए ।

ओलीले शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल टेलिफोन संवाद गर्नसम्म तयार नभएको ब्रिफिङ गरेका थिए । त्यसको भोलिपल्टै आज दुई नेताबीच टेलिफोन संवाद भएको हो ।

अध्यक्ष ओलीले शनिबार पनि बैठक बोलाएका छन् । तर माधव नेपाल समूह यो बैठक अवैध भएको सहभागी नहुने अडानमा छ । दुवै नेता अडानमा कायमै रहँदा संकटमा परेको एमाले एकता जोगाउन भने दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

ओलीले शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थनसहितको हस्ताक्षर फिर्ता गर्ने दुई दिनको अल्टिमेटम दिएसँगै पार्टी एकताको सम्भावना कमजोर बनेको चर्चा हुन थालेको छ ।

सोही चर्चाकाबीच नेता ओली र नेपालबीच टेलिफोन सम्वाद भएको छ भने पार्टीका दोस्रो तहका नेताहरूले एकताका लागि छलफललाई निरन्तरता दिँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार