अपराधमा अफलाइन सवारीको प्रयोग, ८३ जना पक्राउ

अफलाइन बसेर पठाओ तथा इनड्राइभर चलाएको आरोपमा प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ । अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । अनलाइन राइड सेयरिङ एपको नाममा अफलाइन बसेर ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विगतका केही आपराधिक घटनाहरुमा समेत यस्ता अफलाइन सवारीको प्रयोग भएको पाइएकाले सुरक्षाका दृष्टिकोणले समेत उनीहरुलाई पक्राउ गर्नु परेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए । अबदेखि अफलाइन राइड सेयर नगर्न सर्वसाधारणलाई समेत प्रहरीले अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार