अब कोरोना खोप लगातार आउँछ, जिल्ला-जिल्लामा अभियान चलाइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने भन्दै जिल्ला जिल्लामा खोपको अभियान चलाइने दाबी गरेका छन् ।

शनिबार त्रिशुली(३ बीको प्रसारण लाइन र सबस्टेसनको भर्चुअल उद्घाटन गर्दै उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए ।

‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ उनले भने, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’ उनले भ्याक्सिनका लागि विभिन्न मित्र राष्ट्रहरूसँग कुराकानी र संवाद अघि बढाइएको बताए ।

उनले कोभिडका कारण अन्य देशभन्दा नेपाल कम नै प्रभावित रहेको र आवश्यक सतर्कताले जोखिम कम भएको बताए । उनले भने, ‘हामी अनुकूल स्थितिमा रहेका छौं । भ्याक्सिनको कुरा अघि बढेपछि सुरक्षित हुन्छौं ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार