नेपालबाट यो वर्षको मनसुन प्रणाली आइतबार (असोज २८) बाट बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यो वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जानकारी गराएको छ ।
यो वर्ष सरदर मितिभन्दा एक ढिलो गरी जुन १४ (जेठ ३१) मा नेपालमा मनसुन भित्रिएको थियो । यो वर्षको मनसुन १२४ दिनजति नेपालमा रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।
वर्षा हुने
पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार (भोलि)देखि नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।