विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् ।
कार्की संविधानको धारा १६८ को उपधारा (५)अन्तर्गत मुख्यमन्त्री बनेका थिए । उनलाई एमाले र काँग्रेसका ८ विद्रोही सांसदको समर्थन छ ।
कार्कीले काँग्रेसको शेखर कोइराला पक्ष र एमालेलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । काँग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीमा नियुक्त गरिएको छ । उनीहरूले पनि शपथ लिएका छन् । दुवै मन्त्री हाल बिनाविभागीय छन् ।