आफैँले पालेको राँगाले हान्दा एकजनाको मृत्यु

आफैँले पालेको राँगाले हान्दा बिहीबार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् ।

बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । खड्काको शव परीक्षण पश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार