ग्लोबल हंगर इन्डेक्स : नेपालभन्दा भारतमा बढी भोकमरी

बिहीबार ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । यो ग्लोबल हंगर इन्डेक्सको १६औं संकरण हो । सूचकांकमा नेपाल ६९ औँ स्थानमा रहेको छ ।

यसअघि सन् २०१५ मा नेपाल ७८ औँ स्थानमा रहेपनि २०२३ मा आउँदा नेपालको भोकमरीमा सुधार भएको देखाएको छ । कुल १२५ देशको तथ्यांक उपलब्ध भई गरिएको अध्ययनमा नेपालको अवस्था सुधारोन्मुख देखिएको हो ।

यता भारत भने १ सय ११ औँ स्थानमा रहेको छ । सन् २०१५ मा भने भारत १ सय ९ औँ स्थानमा रहेको थियो । दक्षिण एसियाकै पाकिस्तान १ सय २, बंगलादेश ८१ र श्रीलंका ६० औँ स्थानमा रहेका छन् ।

ग्लोबल हंगर इन्डेक्स अलायन्स नामक एक समूहले तयार गर्छ । जसमा युरोपेली गैरसरकारी संस्थाले नेतृत्व लिएका छन् । यस नतिजाका लागि कुपोषणको अवस्थाबारे गणना गरिने अध्ययनमा उल्लेख छ । जसमा जनसंख्याको कति प्रतिशत जनसंख्यामा कम क्यालोरीवाला भोजन मिल्छ भन्ने विषयलाई अध्ययन गर्ने गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार