एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्‌घाटन​

एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्‌घाटन गरिएको छ ।

यस हबको प्रयोग गरी ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पीटीई, एसएटी, यूएसएमएलई, फ्लाइवइर, स्वीफ्ट, जीआरई, एसीसीए जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सकिने बैंकले जनाएको छ ।​

एनएमबि इपेमेन्ट हब स्वीकृत विधुतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।​

यसैबीच द फाइनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मान गरेको छ ।​

बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको थियो ।​

एनएमबि बैंकले हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार