मुख्यमन्त्रीमा कार्कीले पेश गरेको दाबी र सात सांसदलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध

नेपाली काँग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले गठबन्धनमा भएको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कोशीमा गठबन्धनको निर्णयविपरीत नेकपा (एमाले) का ३९ र काँग्रेसका ८ जना सांसदहरूले सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेपछि कार्यसम्पादन समितिको बैठक बसेर निर्णय कार्यान्वयन गर्न सबैलाई अनुरोध गरेको हो ।

बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने कार्की र अन्य ७ जना सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन पनि आग्रह गरेको छ । बैठकले कोशी प्रदेशमा पार्टीलाई एकताबद्ध राख्ने र केन्द्रको निर्देशनअनुसार थप निर्णय लिन प्रदेश पदाधिकारीलाई अधिकार दिने निर्णय पनि गरेको छ ।

सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर केदार कार्कीसहित कांग्रेसका सांसदहरूले उक्त निर्णयलाई चुनौती दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार