एमाले मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा चन्देश्वर मण्डल

नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ ।

अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् ।उनलाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि सारेका थिए ।

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ । मधेस प्रदेश अधिवेशन बुधबारबाट जनकपुरमा सुरू भएको हो ।

यसअघि उपत्यका विशेष प्रदेश र सुदूरपश्चिममा एमालेले सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको थियो भने लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशीमा चुनावबाट नेतृत्व छानिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार