सुनको मूल्य बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

सुनको मूल्य बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार एक लाख ९ हजार ५ सयमा छापावाल सुन र एक लाख ९ हजार रुपैयाँमा तेजावी सुन खरिद बिक्रि भएको थियो ।

आज चाँदीको मूलय भने ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ता लगातार घटेको सुनको मूल्य यो हप्तादेखि फेरि बढ्न थालेको हो । गत साउन ४ गते सुनको मूल्य तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार