दरौंदीको बाढीले बारपाक र अजिरकोट जोड्ने पक्की पुल भत्कायो

अविरल वर्षापछि दरौंदी नदिमा आएको बाढीले गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल भत्काएको छ ।

गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो । यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार दरौदी नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी आएको हो । बाढीले अन्य सडक र धानबालीमा समेत क्षति पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार