कोशीमा सत्ता गठबन्धनबाट माओवादीका आङ्बोले मुख्यमन्त्रीमा दाबी गर्ने सहमति

सत्तारूढ गठबन्धनको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोले दाबी गर्ने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार