चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन ब्राजिलले शनिबार चिलीलाई हराउँदै कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा १० खेलाडीमा सिमित ब्राजिलले चिलीलाई १–० गोल अन्तरले हराएको हो ।

दोस्रो हाफमा लुकास पेक्वेटाले गरेको गोल नै खेल निर्णायक बनेको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै उनले गोल गरेका थिए । मैदान प्रवेश गरेको एक मिनेट भन्दा कम समयमा पेक्वेटाले गोल गरेका हुन् । दोस्रो हाफको सुरुमा उनी रोबेर्टो फर्मिनोको ठाँउमा मैदान प्रवेश गरेका थिए ।

अब प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्नेछ । यसअघि पेरुले पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो । निर्धारित समयको खेल ३–३ को बराबरीमा समाप्त भएपछि खेल टाइब्रेकरमा पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार